एआईजीमा बढुवा भएका दाहाललाई सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दज्र्यानी चिन्ह प्रदान

एआईजीमा बढुवा भएका दाहाललाई सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दज्र्यानी चिन्ह प्रदान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका बंशीराज दाहाललाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा बुधबार दाहाललाई दज्र्यानी चिन्ह लगाइएको हो । उनलाई गत असोज २८ गतेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

दाहालको एआईजीको दरबन्दी थप भएसंगै सशस्त्रमा एआईजीको संख्या तीन पुगेको छ । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि संगठनमा सेवारत रहँदा पदोन्नती महत्वपूर्ण रहने बताउंदै बढुवासँगै थप भएको पदीय दायित्व पूर्ण व्यवसायीक र जिम्मेवारीका साथ निर्वाह गर्न निर्देशन दिए ।