काठमाडौं – नेपाल प्रहरीका तीन जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले डीआईजी शैलेश थापा क्षेत्री, हरिबहादुर पाल र तारिणीप्रसाद लम्साललाई एआईजीमा बढुवा गरेको हो ।
१५ फागुनमा गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा समितिले लम्साल, क्षेत्री र पाललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।




प्रतिक्रिया