प्रहरीको एआईजी बढुवाका लागी पोखरेलको नाम सिफारीस


काठमाण्डु – नेपाली प्रहरीका डिआईजी विश्वराज पोखरेल एआईजी बढुवाका लागी सिफारीस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिको सोमबार बसेको बैठकले पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको हो । पोखरेल डिआईजी बढुवा हुंदा आफ्नो ब्याचबाट एकल रुपमा बढुवा भएका थिए ।

डिआइजी पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। सरकारले नेपाल प्रहरीमा एक जना एआईजी र पांच जना डिआईजीको दरबन्दी थप्ने निर्णय गरेको थियो ।

बढुवा समितिमा गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ। पोखरेलको एआईजीमा बढुवा सिफारीस भएसंगै उनि हालका प्रहरी महानिरीक्षक क्षेत्रीपछि आईजीपी बन्ने लगभग निश्चित भएको छ । पोखरेलका ब्याची सवै अहिले डिआईजी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement