प्रहरीमा पांच एआईजीको सरुवा,मेट्रोमा पालको थमौती


काठमाण्डु – सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रहरीका पांच जना एआईजीको सरुवा गरेको हो ।

सरुवा हुनेमा एआईजीहरु हरि पाल,विश्वराज पोखरेल,सहकुल थापा,निरज शाही र प्रद्युम्न कार्की रहेका छन् ।

एआईजी पाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो), पोखरेलको मानव स्रोत एवं प्रशासन विभाग,थापालाई कार्य विभाग, कार्कीलाई अपराध अनुसन्धान विभाग र शाहीलाई एकेडेमीमा सरुवा गरिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुंदा नेपाल प्रहरीका एआईजीहरुको सरुवा गरिएको थियो । नयां सरकार बनेसंगै उक्त निर्णय बदर भएको थियो । एआईजी पालको मेट्रोबाट ८ महिनामै सरुवा भएको थियो । उनकै जोडवलमा प्रहरीमा एआईजीहरुको सरुवा बदर भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement