काठमाण्डु – नेपाल प्रहरीका एआईजी सहकुल थापाको सरुवा भएको छ । निर्वाचनकै मुखमा कार्य विभागका प्रमुख समेत रहेका थापाको सरुवा भएको हो । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको हो ।
उनि केन्द्रीय निर्वाचन सेलका प्रमुख समेत थिए । नेपाल प्रहरीका एआईजी मुकुन्दराज आचार्यले भदौ २३ मा अवकाश पाएसंगै प्रतिष्ठान रिक्त थियो । थापाको सरुवासंगै निर्वाचन सेलको जिम्मेवारी डीआईजी बसन्त कुंवरलाई दिइएको छ ।
सरकारले मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गरेर प्रहरी र गृहप्रशासनका कर्मचारीहरुको सरुवा गरिरहेको छ । सरकारले गृहसचिवमा विनोद सिंहलाई जिम्मेवारी दिइसकेको छ ।




प्रतिक्रिया