काठमाण्डु – नेपाल प्रहरीका एआईजी सवार गाडी दुर्घटना भएको छ । जनकपुरबाट कोहल्वी तर्फ जाने क्रममा एआईजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना भएको हो ।
बागमती अञ्चल ७४७३ नम्बरको गाडी बाराको कोहल्वीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराका डिएसपी राजेश थापाका अनुसार दुर्घटनाबाट गाडीमा सामान्य क्षती पुगेको छ । एआईजी आचार्यसहित गाडीमा सवार सवै सकुसल रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया