एमाले केन्द्रीय सदस्य महरलाई हाजिरी जमानीमा छाड्ने सरकारी वकिलको निर्णय

एमाले केन्द्रीय सदस्य महरलाई हाजिरी जमानीमा छाड्ने सरकारी वकिलको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साइबर अपराध मुद्दामा पक्राउ परेका नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई सरकारी वकिलको कार्यालयले हाजिरी जमानीमा छाड्ने निर्णय गरेको छ ।

सामाजिक सञ्जालबाट चरित्रहत्या र गाली बेइज्जती गरेको कसूरमा उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका महरलाई हाजिरी जमानीमा छाडिएको साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए । विद्युतीय अपराधको उजुरीका आधारमा प्रहरीले जिल्ला अदालत काठमाण्डुबाट उनीविरुद्ध पक्राउ अनुमति लिएको थियो ।