ऐन महरलाई सत्ताको ध्वाँस र दम्भ नदेखाउन अखिल क्रान्तिकारीकाे चेतावनी

ऐन महरलाई सत्ताको ध्वाँस र दम्भ नदेखाउन अखिल क्रान्तिकारीकाे चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल क्रान्तिकारीले सत्ताधारी नेकपाका विद्यार्थी संगठनको संयोजक ऐन महरलाई सत्ताको ध्वाँस र दम्भ नदेखाउन र आफ्नो औकातमा रहन चेतावनी दिएको छ । अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै सो चेतावनी दिएका हुन् ।

अध्यक्ष ढकालले विज्ञप्ति जारी गर्दै आफ्नो मात्रृ पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई कुनै पनि तथ्य र आधार बिना गरेको अनैतिक र गैरराजनीतिक टिप्पणीको घोर निन्दा एंव भत्सर्ना गरेका छन। उनले महरको यो तुच्छ विवेकहिन गैरजिम्मेवारपुर्ण र घृणित टिप्पणीको खारेज गर्दै विगतको महान जनयुद्ब र हाल त्यसको उत्तराधिकारी आफ्नो मातृ पार्टी र यसका हजारौँ शहिद बेपत्ता र घाइते योद्बाहरुको बलिदान र योगदानबाट आजको गणतन्त्र प्राप्त भएको ठोकुवा गरेका छन ।

अध्यक्ष ढकालले १९ दिने आन्दोलनमा खाली तिघ्रा ठटाएको भरमा मात्रै गणतन्त्र आएको होइन् भन्दै यो त महान् जनयुद्बको त्याग समर्पण बलिदान र युद्बबाट प्राप्त भएको हो त्यसैले हामीलाई सत्ताको ध्वाँस र दम्भ नदेखाउनु र आफ्नो औकातमा रहनु भन्दै बिज्ञप्ति मार्फत चेतावनी दिएका छन। उनले माहाकाली सन्धी लगायत दर्जनौँ राष्ट्रघात अरबौँ हाम्रो खुन पसिना ठगेको एनसेलसँग मिलेमतो मेडिकल र शैक्षिक माफियासँग डिनर वालुवाटार जग्गा वाइडवडि घोटाला, होलि वाइन ,सुन काण्ड, निर्मला काण्ड, स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार र अहिले एमसीसी जस्तो सदनबाट पारित गर्ने कर्म लगायत थुप्रै काण्डमा कालो पोतिएकाहरु साँचो अर्थमा राष्ट्रघाती र जनघाती भएको ठोकुवा गरेका छन ।

अध्यक्ष ढकालले बिज्ञप्तिमार्फत आफ्नो विवेकहिन टिप्पणी फिर्ता लिन र सार्वजनिक रुपमा माफी माग्न महरलाई आफ्नो संगठनको तर्फवाट निर्देशन समेत दिएका छन । यस बिषयमा अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकालले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ – ” हिजो मिति २०७७ जेठ ११ गते सरकारी नेकपाको विद्यार्थी संगठनको संयोजक ऐन महरले हाम्रो मात्रृ पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई कुनै पनि तथ्य र आधार बिना गरेको अनैतिक र गैरराजनीतिक टिप्पणीको हाम्रो संगठन घोर निन्दा एंव भत्सर्ना गर्दछ ।

महरको यो तुच्छ, विवेकहिन, गैरजिम्मेवारपुर्ण र घृणित टिप्पणीको हामी खारेज गर्दछौँ । विगतको महान जनयुद्ब र हाल त्यसको उत्तराधिकारी हाम्रो पार्टी र यसका हजारौँ शहिद बेपत्ता र घाइते योद्बाहरुको बलिदान र योगदानबाट आजको गणतन्त्र प्राप्त भएको हो । महान १० बर्षको जनयुद्बमा गणतन्त्रको स्पष्ट एजेण्डा लिएर लडेको तत्कालिन माओवादी र हालको विद्रोही नेकपालाई आतङ्ककारी करार गरेर गणतन्त्रको विरुद्ब सामन्तवादी राजतन्त्र र विदेशी मालिकहरुको निर्देशनमा हाम्रा विरुद्ब अनेकौँ फाँसिवादी षड्यन्त्र गरेको तत्कालिन एमाले वा हालको ओलि गुट आज आफुलाई गणत्त्रको ठेकेदार झैँ अभिनय गर्नु बढो बिडम्बना हाँस्यास्पद र मजाक भएको छ ।

१९ दिने आन्दोलनमा खाली तिघ्रा ठटाएको भरमा मात्रै गणतन्त्र आएको होइन् बरु यो त महान् जनयुद्बको त्याग समर्पण बलिदान र युद्बबाट प्राप्त भएको हो त्यसैले हामीलाई सत्ताको ध्वाँस र दम्भ नदेखाउनु र आफ्नो औकातमा रहनु । माहाकाली सन्धी लगायत दर्जनौँ राष्ट्रघात अरबौँ हाम्रो खुन पसिना ठगेको एनसेलसँग मिलेमतो मेडिकल र शैक्षिक माफियासँग डिनर, वालुवाटार जग्गा ,वाइडवडि घोटाला, होलि वाइन, सुन काण्ड ,निर्मला काण्ड, स्वास्थ्य सामाग्रीमा भ्रष्टाचार र अहिले एमसीसी जस्तो सदनबाट पारित गर्ने कर्म लगायत थुप्रै काण्डमा कालो पोतिएकाहरु साँचो अर्थमा राष्ट्रघाती र जनघाती हुन् ।

हाल हाम्रो संगठन र पार्टी कोरोनामा स्वास्थयका नियमहरुको पालना गर्दै जनसेवामा समर्पित रहदै भारतीय साम्राज्यवादले नेपालको भूमि हडपेकोमा त्यस विरुद्ब राष्ट्रियताको आन्दोलनमा पनि उत्तिकै सकृय रहेको कुरा पार्टीका आदरणीय महासचिव कमरेड विप्लव ,प्रवक्ता कमरेड प्रकाण्डलगायत नेताहरुले अन्तर्वार्ता, लेख ,विज्ञप्तिआदि मार्फत सार्वजनिक भएकै कुरा हो । अतः महरको यो टिप्पणीले अनेरास्ववियू भित्रकै इमान्दार देशभक्त युवा विद्यार्थी साथीहरुलाई ठुलो चोट पुगेको छ ।

हामी ति इमान्दार देशभक्त साथीहरुलाई धन्यवाद दिन्छौँ जसले महरको निच टिप्पणीको विभिन्न माध्यमबाट विरोध आपत्ति व्यक्त गरे र हामी उहाँहरुलाई हाम्रो संगठनमा गोलबन्द हुन पनि विशेष अपिल गर्दछौँ । आफ्नो विवेकहिन टिप्पणी फिर्ता लिन र सार्वजनिक रुपमा माफी माग्न महरलाई हाम्रो संगठन निर्देशन गर्दछ ।”