काठमाडौं – नेपालमा कोरोना भाइरसबाट तेस्रो व्यक्ति पनि संक्रमित भएका छन् । धादिङ घर भएका संक्रमित व्यक्ति चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई)बाट एयर अरेबियाको फ्लाइट नम्बर जी९५३७ बाट काठमाडौँ उत्रेको खुलासा भएको हो ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सो विमान राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी दिए ।
सो विमानमा आएका यात्रुहरुलाई सरकारले सम्पर्कमा आउन आह्वान गरेको छ ।
‘उहाँ चैत्र छ गते कतारबाट नेपाल आउनु भएका धादिङ निवासी ३२ वर्षीय पुरुष यहाँ आएर होटलमा बस्नु भएको र हिजो अलि असहज भएपछि टेकु अस्पताल गएर परीक्षण गर्दा संक्रमण देखिएको हो’ उनले भने ।
होटल र सम्पर्कमा रहेका व्यक्तिको खजतालस गर्ने र क्वारेन्टाइनमा राख्न जुटिरहेको मन्त्री ढकालले जानकारी दिए ।




प्रतिक्रिया