एयर अरेबियाले आठ दिन शारजाह-काठमाण्डु-शारजाह उडान नगर्ने

एयर अरेबियाले आठ दिन शारजाह-काठमाण्डु-शारजाह उडान नगर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एयर अरेबियाले शारजाह–काठमाण्डु–शारजाह उडान आठ दिनको लागि रद्द गरेको छ ।

मध्यपूर्वमा हवाई क्षेत्रको प्रतिबन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने शारजाह–काठमाण्डु–शारजाह उडान आगामी मार्च २२ सम्मका लागि रद्द गरिएको एयर अरेबियाले जनाएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार जजीरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाई दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका विभिन्न उडानहरु पनि दैनिक रद्द गरिएको छ।

मध्यपूर्वका देशहरूमा हुने उडानहरूमा ढिलाइ, तालिका परिवर्तन वा रद्द हुन सक्ने कार्यालयले जानकारी दिएको छ। यसबाट विशेषगरी कुवेत, शारजाह, दुबई, दोहा र दमाम जाने तथा ती ठाउँबाट काठमाण्डु आउने यात्रुहरु प्रत्यक्ष मर्कामा परेका छन्।

विमानस्थल कार्यालयले यात्रु व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन सम्बन्धित वायुसेवा कम्पनीहरूसँग निरन्तर समन्वय गरिरहेको बताएको छ।

यात्रा तय गर्नु अघि सम्बन्धित एयरलाइन्सको आधिकारिक वेबसाइट हेर्न वा तोकिएका सम्पर्क नम्बरहरुमा फोन गरेर मात्र विमानस्थल आउन यात्रुहरूलाई आग्रह गरिएको छ।