दुबईका लागि उडेको जहाज यात्रुले दुव्र्यवहार गरेपछि भारतमै आकस्मिक अवतरण

दुबईका लागि उडेको जहाज यात्रुले दुव्र्यवहार गरेपछि भारतमै आकस्मिक अवतरण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज शुक्रवार बिहान दुबईबाट काठमाडौंका लागि उड्यो। चालक दलका आठ र १ सय ३७ यात्रु बोकेर उडेको जहाज दुई घण्टापछि अकस्कमात् गन्तव्य परिवर्तन गरी काठमाडौंको सट्टा भारतको नयाँदिल्लीमा आकस्मिक अवतरण गर्नुप¥यो।

काठमाडौं नआई के कारण जहाज दिल्लीमा अवतरण ग¥यो? सबैको अनुमान प्राविधिक समस्या भएर होला। तर होइन, दुबईबाट त्यही जहाजमा आएका नेपाली यात्रु मोरङका २९ वर्षीय सुशील रतेलले चालक दल र अन्य यात्रुलाई करिब २० मिनेटसम्म अपशब्द बोल्दै दुव्र्यवहार गरेपछि चालक दलले बाध्य भएर दिल्लीमा आकस्मिक अवतरण गराउनुपरेको खबर आजको नागरिक दैनिकमा छापिएको छ।

वरिष्ठ क्याप्टेन श्यामकृष्ण ढेवाजू र कोपाइलट सञ्जय वैद्यले उडाएर ल्याएको ९-एन एकेडब्लू कलसाइनयुक्त उक्त जहाज दुबईबाट शुक्रबार बिहान ४ बजे काठमाडौंका लागि उडेको थियो।

’जब जहाज पाकिस्ता र भारतबीचको सीमाथि आइपुग्यो, तब रतेलले अरुलाई दुव्र्यवहार गर्न सुरु गरे,’ सम्बद्ध स्रोतले भन्यो, ’नौ नम्बर सिटमा रहेका उनलाई दिइएको खाना अन्य यात्रुमििाथ खन्याइदिने मात्र नभई सँगै आएको साथीलाई हातपातसमेत गरे। त्यतिले नपुगेर जहाजकी एक एरहोस्टेसलाई घचेटेर झन्डै पछारिदिएका थिए।’

रतेलले असमान्य व्यवहार देखाएपछि अन्य यात्रुले पनि जहाजबाट हटाउनैपर्ने गुनासो गरे अनि क्याप्टेन ढेवाजू र कोपाइलट वैद्यले जहाज दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराए र सुरक्षाकर्मी बोलाएर जहाजभित्रैबाट रतेललाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइदिए।