एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

एयर इन्डिया विमान दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतको अहमदावादमा बिहीबार भएको एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २०४ पुगेको छ ।

विमानमा २३० यात्रु र १२ जना क्रु मेम्बरसहित २४२ जना रहेकोमा लन्डनका लागि उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो ।

अहमदावाद प्रहरीले २०४ जनाको शव फेला परेको जनाएको छ । ४१ जनाको अस्पतालमा उपचार भइरहेको समेत जनाएको छ । विमान चिकित्सकहरू बस्ने छात्रावासमा खसेको थियो ।

मृत्यु हुनेमा छात्रावासमा रहेकाहरू पनि हुन सक्ने जनाइएको छ ।