विमान दुर्घटना पछि विमानस्थल प्रभावित

विमान दुर्घटना पछि विमानस्थल प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुघंटना भएपछि उडान र अवतरण प्रभावित भएको छ ।

विभानस्थाल प्रभावित भएपछि ढाकाबाट काठमाडौँ आउँदै गरेको विमान बंगलादेश एयरलाइन्सको बीबीसी ३७१ विमान सिमराको आकाशमा होल्ड भएर डाइभर्ट भएको छ ।

यस्तै थाइ एयरवेजको विमान भारतीय आकाशमा होल्ड भएको छ । बिहार राज्यको सितामढी क्षेत्रको आकाशमा थाइ एयरवेजको टीजी ३१९ विमान होल्ड भएको हो । सो विमान बैंककबाट काठमाडौँ आउँदै गरेको अवस्थामा बिचमै होल्ड हुन पुगेको हो ।

यस्तै मलेसियाबाट काठमाडौँ आउँदै गरेको मलेसियन एयरको विमान पनि भारतीय आकाशमै होल्ड भएर दिल्लीतर्फ डाइभर्ट गरिएको छ । विमानस्थल अहिले बन्द रहेको १२.४५ देखि सुचारु हुने जनाइएको छ ।