काठमाडौं – सिंगापुरमा छिट्टै ड्रोन जस्तो उड्ने ट्याक्सी सञ्चालन गरिने भएको छ । हालै परीक्ष्ण गरिएको अठार प्रोपेलर भएको ड्रोन ट्याक्सीलाई जर्मन कम्पनी वोलोकप्टरले बनाएको हो । यसले यातायातमा क्रान्ति ल्याउने कम्पनीले आशा गरेको छ ।
लोकप्टरले सिंगापुरको मरिना बे क्षेत्रमा लगभग तीन मिनेट परीक्षणका लागि उडान गरेको ट्याक्सिीमा पाइलट पनि थिए । एयर ट्याक्सी ससाना हेलिकप्टर जस्ता हुन्छन् र ड्रोन जस्तो प्रविधिमा सञ्चालित गरिने कम्पनीले जनाएको छ ।
वालोकप्टरको यो नयाँ प्रविधि दुबई, हेलसिंकी र लास भेगासमा पनि परीक्षण गरिसकिएको छ । चीन र भारतमा पनि यसको शुरूआत गर्ने बताइएको छ ।




प्रतिक्रिया