काठमाण्डु– भारतको झारखण्डमा विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सोमबार राति झारखण्डको चतरा जिल्लामा चार्टर विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।
संजय कुमार नामका बिरामी बोकेको एयर एम्बुलेन्स र उनीसँगै उडानमा रहेका डाक्टरसहित ७ जना सवार रहेका थिए ।
हिन्दुस्तान टाइम्सका अनुसार विमानमा ७ जना सवार थिए भने सबैको निधन भएको छ ।
रांचीको बिरसा मुण्डा विमानस्थलबाट दिल्ली जाँदै गरेको बीचक्राफ्ट सी ९० एयर एम्बुलेन्सको केहि बेरमै कोलकातासँग सम्पर्क र राडार सम्पर्क टुटेको थियो।




प्रतिक्रिया