इजरायलमा रहेका नेपालीलाई हिमालय र नेपाल एयरलाइन्सले ल्याउने

इजरायलमा रहेका नेपालीलाई हिमालय र नेपाल एयरलाइन्सले ल्याउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – इजराइलमा रहेका नेपालीहरूलाई स्वदेश फिर्ता ल्याउनका लागि सरकारले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरेर पठाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आकस्मिक बैठकले एयरलाइन्स छनोटको निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

इजराइलमा बेपत्ता नेपालीहरूको खोजी तथा उद्धार कार्यका लागि इजरायल दूतावासमा हिब्रु भाषा जान्नेलाई बढीमा ३ महिनाका लागि रोजगारी दिने निर्णय पनि सरकारले गरेको छ ।