चीन र जापानमा उडान सम्बन्धी नेपाल एयरलाइन्सले गर्यो यस्तो घोषणा

चीन र जापानमा उडान सम्बन्धी नेपाल एयरलाइन्सले गर्यो यस्तो घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – आगामी वैशाखसम्म जापान, कोरिया, चीन र साउदी अरेवियामा उडान गरिसक्ने गरी तयारी भइरहेको नेपाल एयरलाइन्सले जानकारी दिएको छ। एयरलाइन्सका अध्यक्ष मदन खरेलले पहिलो चरणमा जापान र चीनमा उडान गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए।

फागुन मध्यसम्म जापानको ओसाकामा उडान गर्नेगरी तयारी भएको उनले बताए। त्यस्तै चैतसम्म चीनको ग्वान्जाउ सहरमा उडान गर्न पूर्वतयारी सुरू भइसकेको उनको भनाइ छ। असारमै पहिलो एयरबस वाइडबडी ए ३३० जहाज आए पनि नयाँ गन्तव्य नपाउँदा छोटो दुरीमा उडान गरिरहेको छ। यस्तै दोस्रो एयरबस साउनमा आएको थियो।