नेपाल वायुसेवा निगमका ३ वटा जहाज किन्न बोलपत्र आह्वान

नेपाल वायुसेवा निगमका ३ वटा जहाज किन्न बोलपत्र आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन वटा जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ ।

दुर्गम क्षेत्रमा उडानका लागि तीन जहाज खरिदका लागि बोलपत्र आह्वान गरिएको निगमले जनाएको छ ।

निगमले दुर्गम क्षेत्रमा उडानका लागि तीन ट्वीनअटर खरिद गर्न लागेको हो । ती जहाज निगमले आन्तरिक स्रोतबाट खरिद गर्ने जनाइएको छ । निगमसँग हाल आन्तरिक उडानतर्फ दुई वटा ट्वीनअटर जहाज छन् ।