मतदानका दिन सबै आन्तरिक उडान बन्द हुने

मतदानका दिन सबै आन्तरिक उडान बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – वायुसेवा सञ्चालक सङ्घ, नेपालले यही वैशाख ३० गते सबै नियमित आन्तरिक सेवा बन्द गर्ने भएको छ ।

सङ्घले आज एक विज्ञप्ति जारी गरी मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडान बाहेकका सबै आन्तरिक उडान बन्द गर्ने जानकारी दिएको हो ।

निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार सङ्घमा आबद्ध सबै वायुसेवाले आन्तरिक उडान बन्द गर्न लागेका हुन् ।