काठमाण्डु – एयरपोर्टमा सामान्य त्रुटि हुँदा पनि एकैपल्ट धेरै यात्रुको ज्यान जान सक्छ । विमान दुर्घटना भएमा यात्रु जीवित रहने सम्भावना सायदै हुन्छ । भारतको दिल्ली एयरपोर्टमा बुधवार बिहान गम्भीर त्रुटि भएको घटना बाहिरिएको छ ।
विमानस्थलमा एकै समयमा छुट्टाछुट्टै २ विमानलाई अवतरण र उडानको अनुमति दिइएको थियो । रनवेमा उडानको तयारी गरिरहेको पश्चिम बंगाल जाने विमान अगाडि बढिसकेको थियो, त्यत्ति नै बेला अहमदाबादबाट आएको विमान अवतरण गर्न थालिसकेको थियो ।
दुवै विमान निरन्तर अगाडि बढेको भए दुर्घटनाको जोखिम थियो तर अन्तिम समयमा अचानक एटीसीले उडान गर्न लागिरहेको विमानलाई रोकेर पार्किङमा ल्याउन निर्देशन दियो । त्यसपछि बल्ल दुर्घटना गर्यो ।
यात्रुले उडानको सूचना पाइसकेपछि पश्चिम बंगाल जाने विमान पार्किङमा पुग्दा यात्रु चकित परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि यात्रुले कारणबारे सोधीखोजी गरे र झण्डै दुर्घटना टरेको थाहा पाएपछि त्रसित भए ।
पश्चिम बंगाल जानुपर्ने विमान पार्किङमा पुगेपछि अहमदाबादबाट आएको विमानलाई सुरुमा अवतरण गरिएको थियो ।




प्रतिक्रिया