मौसम परिर्वतनले हवाई उडान प्रभावित

मौसम परिर्वतनले हवाई उडान प्रभावित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- शुक्रबार बिहानदेखि भएको मौसम बदलीक कारण हवाई सेवा प्रभावित भएको छ।

शुक्रबार बिहानैदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका हुन्। मौसममा बदलि आएपछि काठमाडौंं विमानस्थलको भिजिविलिटी १६ सय मिटर मात्रै रहेको छ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईएफआरको सहायतामा उडान भइरहेको छ।

बुद्ध एयरका अनुसार आन्तरिक उडान हुने पोखरा, भरतपुर र तुम्लिङटार अझै खुलेका छैनन्। ती विमानस्थलबाट पनि बिहानैदेखि उडान हुन सकेको छैन।