काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म बन्द रहने भएको छ । जेन जी प्रदर्शनका कारण मङ्गलबार दिउँसो साढे २ बजेदेखि बन्द भएको विमानस्थल बुधबार १२ बजेसम्म बन्द रहने छ ।
यसबीच वायुसेवा सञ्चालक सङ्घले जस्तो सुकै विषम परिस्थितिमा पनि आम जनतालाई सेवा दिने प्रतिबद्धता जनाएको छ ।
सङ्घका अध्यक्ष मनोज कार्कीले आज एक विज्ञप्ति जारी गर्दै सङ्घका सदस्य कम्पनीहरू सदैव आम जनसमुदायको सेवामा तत्पर रहने जानकारी गराएका हुन्।




प्रतिक्रिया