अवरुद्ध त्रिभुवन विमानस्थल सुचारु

अवरुद्ध त्रिभुवन विमानस्थल सुचारु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धावनमार्गमा विद्युत सट भएर अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको बत्ती (एयरफिल्ड लाइटनिङ सिस्टम) बिग्रिएको विमानस्थल सञ्चालनमा आएको हो।

प्राविधिक टोलिको मर्मतपछि विमानस्थलको रनवे (धावनधमार्गमा) विद्युत् आपूर्ति पुनः सुचारु भएको हो ।

उक्त बत्तीमा विद्युत् अवरुद्ध (सर्ट सर्किट) हुँदा विमानस्थलको रनवेमा १५ घन्टा विद्युत् आपूर्ति थिएन भने विमानस्थल करिब साढे ४ घण्टा बन्द गरिएको थियो। रनवेमा के कारणले सर्ट सर्किट भएको खुलेको छैन।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले विमानस्थल सुचारु भएको बताए । विमानस्थल खुलेसँगै डाइभर्ट भएका जहाज पनि बिस्तारै आउने क्रम जारी रहेको उनले बताए ।

रनवेमा विद्युत् आपूर्ति बन्द भएपछि विमानस्थल शनिबार साँझ सवा ५ बजेदेखिबन्द भएको थियो। रनवेमा देखिएको समस्या समाधानपछि विमानस्थलमा उडान तथा अवतरण सुचारु भएको छ।

त्रिभुवन विमानस्थलमा रनवेको बत्तीमा देखिएको समस्याका कारण इतिहासमा नै पहिलोपल्ट उडान अवरुद्ध भएको हो ।

पूर्णरूपमा सञ्चालनमा रहेको पहिलो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा आन्तरिक तथा बाह्य उडानसँगै हजारौं यात्रुहरू अलपत्र परेका थिए। विमानस्थल बन्द हुँदा भारत, बंगलादेशलगायत देशहरूमा डाइभर्ट भएका अन्तर्राष्ट्रिय उडान पुनः काठमाडौं विमानस्थल फर्किएका छन्।

शनिबार बिहानदेखि नै विमानस्थलको धावनमार्गमा बिजुली बिग्रिएको थियो। तर मर्मत गर्ने प्रयास गरे पनि नबनेपछि करिब साँझ ५ बजेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरू रोकिएका थिए।