बाक्लो हुस्सुले काठमाण्डुसहित विभिन्न विमानस्थलमा उडान ठप्प

बाक्लो हुस्सुले काठमाण्डुसहित विभिन्न विमानस्थलमा उडान ठप्प

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बाक्लो हुस्सु तथा कुहिरोको कारण देशका विभिन्न विमानस्थलमा उडान ठप्प भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हुने आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान र अवतरण ठप्प भएको हो ।

बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाण्डुसहित देशका विभिन्न विमानस्थलमा उडान ठप्प भएको त्रिभुवन विमानस्थलले जनाएको छ ।

काठमाण्डु, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत, तुम्लिङटारसहितका विमानस्थलमा उडान ठप्प भएको हो । यस बाहेक अन्य सबै विमानस्थल सञ्चालनमा रहेका छन्

यस्तै एयर अरेबियाको जहाज अवतरण गर्न नसकेर लखनउ डाइभर्ट भएको छ । अरु केही जहाज आकाशमा घुमिरहेका छन् ।

मौसममा सुधार आएसँगै उडान अवतरण सुरु हुने जनाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले भिजिविलिटी ५ सय मिटर मात्रै रहेको छ । उडान र अवतरणको लागि कम्तिमा १५ सय मिटर भिजिविलिटी हुनुपर्ने विमानस्थल कार्यालयको भनाइ छ ।

बुद्ध एयरले हुस्सु र कुहिरोका कारण काठमाडौं विमानस्थल बन्द गरेको छ । बुद्ध एयरले हुस्सु र कुहिरोका कारण उडान हुन समस्या आएपनि यात्रुहरूको सुरक्षाको लागि काठमाण्डु विमानस्थल बन्द गरेको हो । विमानस्थल खुल्न अझै केही समय लाग्ने बुद्ध एयरले जानकारी गराएको छ ।