विमानस्थल तोडफोड गर्ने एनआरएनका रमेश थापा धरौटीमा छुटे


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तोडफोड गरेपछि पक्राउ परेका एनआरएनका प्रतिनिधि रमेश थापालाई ५० हजार धरौटीमा छाडिएको छ ।

एनआरएनको नवौं अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन अष्ट्रेलियाबाट नेपाल आएका प्रतिनिधि थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमा शनिबार तोडफोड गरेपछि प्रहरीले उनलाई पक्राउ गरेर थुनामा राखेको थियो ।

थपासँगै अष्ट्रेलियाबाट नेपाल आएकी एक महिलालाई भने २५ हजार मात्र जरिवाना गराइएको छ । सीसीटिभी फुटेजमा देखिएअनुसार उषा किरण वरिया नाम गरेकी महिलाले आफुले तोडफोड नगरे पनि थापालाई तोडफोठ गर्न उक्साएकाले ती महिलालाई २५ हजार जरिवाना तिराइएको विभागका महानिर्देशक इश्वरराज पौडेलले जानकारी दिए । उनीहरुलाई अध्यागमन विभागले धरौटीमा थुनामुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement