प्रधानमन्त्री ओली नेपाल आउँदै, त्रिभुवन विमानास्थल ३५ मिनेट बन्द हुने

प्रधानमन्त्री ओली नेपाल आउँदै, त्रिभुवन विमानास्थल ३५ मिनेट बन्द हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ नेपाल फर्किँदैछन् । उनी आउने समयमा शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानास्थलमा ३५ मिनेट अन्य विमानलाई उडान तथा अवतरणमा रोक लगाइएको छ ।

त्रिभूवन विमानस्थलले यसका लागि ‘नोटाम’ जारी गरिसेको छ । प्रधानमन्त्री ओली ५ बजेर ४५ मिनेटमा काठमाडौं अवतरण गर्दैछन् । विमानास्थलका अनुसार प्रधानमन्त्री आइपुग्नु भन्दा १५ मिनेट अघिदेखि २० मिनेट पछिसम्म विमानस्थलमा अन्य उडान तथा अवतरण हुनेछैन ।