काठमाण्डु- त्रिभुवन अन्तराष्टिय विमानस्थल आन्तरिक तर्फको उडान पुनः सञ्चालनमा आएको छ । विमानस्थलमा बम राखिएको हल्ला चलेपछि विमानस्थल बन्द गरिएको थियो ।
सुरक्षा निकायले गरेको सर्च अप्रेशनबाट केही पनि फेला नपरेपछि विमानस्थलको आन्तरिक हवाई उडान पुन सुचारू भएको विमानस्थल प्रहरी प्रमुख भीम ढकालले जानकारी दिए । ‘शंकास्पद बस्तु राखेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि हामीले सर्च ग¥यौं । सर्च गर्दा केही पनि फेला परेन् । अहिले सबै उडान सुरु भइसकेका छन्,’ ढकालले भने ।
बुधबार बिहान अज्ञात व्यक्तिले एक्सचेन्जमा फोन गरेर विमानस्थलमा बम राखिएको जानकारी दिएका थिए । त्यसपछि सुरक्षा निकायले यात्रुहरूलाई बाहिर पठाएर सर्च अप्रेशन चलाएको थियो ।




प्रतिक्रिया