काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको कफीसपमा भएको आगलागीबारे अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।
संयोजक आचार्यले मन्त्रालयकै उपसचिव, प्रहरी मुख्य कार्यालयका एसपी, नेपाल वायुसेवा प्राधिकरणका २ जना कर्मचारी गरी ५ जनाको समिती गठन भएको जानकारी दिए । मन्त्रालयले समितिलाई एक हप्ताभित्र घटनाको सत्य तथ्य पत्ता सुझावसहितको प्रतिवेदन पेश गर्ने भनेको छ ।
सोमबार राति सवा ८ बजेको समयमा विमानस्थलको प्रस्थान कक्षमा सञ्चालित कफी पसलमा आगलागी हुँदा केही समय अडान र अवतरण अवरुद्ध समेत भएको थियो ।




प्रतिक्रिया