त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम खाेज्न सेना र प्रहरी परिचालन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम खाेज्न सेना र प्रहरी परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बम राखिएको हल्ला फैलिएपछि उडान प्रभावित भएको छ ।

विमानस्थलस्थित नागरिक उडड्यन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थल कार्यालयमा ८ वटा बम रहेको बताएपछि उडान प्रभावित बनेको हो । त्यसलगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै आन्तरिक उडानतर्फ रहेका सबै यात्रुहरुलाई बाहिर निकालेका छन् ।

विमानस्थलमा खटिएका प्रहरीका अनुसार अवतरण गर्न दिइएको छ भने उडानहरु सबै रोकिएको छ । बम खोज्न तालिमप्राप्त कुकुरसहित नेपाल प्रहरी र नेपाली सेनाको टोली परिचालन गरिएका छन् । सबैतिर जाँच गर्दा शंकास्पद वस्तु नभेटिएको प्रहरीले जानकारी दिएको छ ।