बैंकक उड्नै लाग्दा अवैध चरेससहित विमानस्थलबाट अमेरिकी नागरिक पक्राउ


काठमडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ केजी ८ सय ग्राम प्रतिबन्धित लागूऔषध चरेससहित अमेरिकी नागरिक पक्राउ परेका छन् ।

नेपाल एयरलाइन्सको उडान नं.४०२ बाट बैंकक उड्न लागेका अमेरिकी नागरिक विलियम हेरोन क्यामरोन रहेको प्रहरीले जनाएको छ ।

लगेज चेक इन गर्ने क्रममा एक्सरे मेसिनमा शंकास्पद वस्तु देखिएपछि भन्सार कर्मचारीले लगेज प्रहरीको जिम्मा लगाएका थिए । त्यसैक्रममा प्रहरीले अनुसन्धान गर्दा चरेस भेटिएको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement