काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अब ‘पर्यटन परी’ले सेवा दिने भएका छन् ।
बिहीवार एक कार्यक्रम आयोजना गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थलमा दुईवटा रोबोट जडान गरेका हुन् ।
‘पर्यटन परी’ नाम राखिएको ती दुई रोबोटले नेपाली अङ्ग्रेजी र चिनियाँ भाषामा सम्वाद गर्ने र पर्यटकलाई नेपालका पर्यटन गन्तव्य, भिसा प्रकृया र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संरचना लगायतका विषयमा जानकारी गराउने मन्त्री भट्टराईले जानकारी दिए ।
सारी लगाएर राखिएका ती दुई रोबोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्ष गरी दुई स्थानमा रहने छन् । ती रोबोटहरु नेपालमा नै बनाइएका हुन् ।




प्रतिक्रिया