अभिनेत्री ऐश्वर्या र छोरी आरध्या कोरोनामुक्त


एजेन्सी – बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र छोरी आरध्या बच्चन कोरोनामुक्त भएका छन् ।

उनीहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि सोमबार नानावटि अस्पतालबाट डिस्चार्ज भएका हुन् । यसबारे अभिषेक बच्चनले ट्विटरमार्फत जानकारी गराएका हुन् ।

अभिषेकले लेखेका छन, ‘तपाईंको माया र प्रार्थनाको लागि धन्यवाद । यसको लागि म जिन्दगीभरी ऋणि हुनेछु । ऐश्वर्या र आरध्याको रिपोर्ट नेगेटिभ आएको छ र उनीहरु अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । उनीहरु अहिले घरमै होला । म र मेरो बुबा भने मेडिककल टिमको निगरानीमा अस्पतालमै छौं ।’

१३ जुलाईमा कोरोना संक्रमण देखिएका ऐश्वर्या र आरध्या १७ जुलाईमा अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement