यस्तो छ साेमबारको मौसम पूर्वानुमान

यस्तो छ साेमबारको मौसम पूर्वानुमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साेमबारको मौसम पूर्वानुमानमा  नेपालभर मनसुनी वायु सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । नेपालको तराई भूभाग नजिक मनसूनी न्युन चापीय रेखा रहेको जानकारी दिइएको छ ।

यसैगरी, विभागले हाल देशभर सामान्य बदली रही प्रदेश १, २ तथा बागमती, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित वर्षाको भईरहेको समेत जनाएको छ । यस्तै दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यता, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एकरदुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन, चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।