मुकेश अम्बानी पछि सबैभन्दा महँगो कार चढ्दै अजय देवगन


काठमाडौं – बलिउड अभिनेता अजय देवगनले भारतमा बिक्री हुने सबैभन्दा महँगो कार किनेका छन् । देवगनले हालै भारतमा बिक्रीहुने मध्येको सबैभन्दा महँगो रोयल्स कलिनान (आरआरसी) कार खरिद गरेका हुन् । एक वेवसाइटका अनुसार अजयले केही महिना अगाडि यो कार बुक गरेका हुन् ।

उनलाई यो कार कति मन परेको थियो भन्ने कुरा उनले लामो समय गरेको प्रतीक्षाले देखाउँछ । कम्पनीको वेवसाइटमा यो कारको मूल्य ७ करोड भारतीय रुपैयाँ राखिएको छ । रोल्स रोयल्स ग्राहकको आवश्यकता हेरेर कार बनाउने कम्पनी हो । त्यसकारण कार बुक गरेपछि उपलब्ध हुन केसी समय लाग्दछ । कम्पनीले हालै उनलाई सो कार उपलब्ध गराएको छ ।

भारतमा यो कार अजयभन्दा पहिला व्यवसायी मुकेश अम्बानीले चढ्दै आएका छन् । मुकेश र अजयका अलावा यो कार टी सिरिजका मालिक भूषणकुमारले पनि लिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement