लोसपा नेता गुप्ता एमाले प्रवेश गर्दै, रौतहट–१ बाट टिकट दिने सहमति


काठमाण्डु – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता अजय कुमार गुप्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन् । रौतहटको गौर नगरपालिकाका पूर्वमेयर समेत रहेका नेता गुप्ता यहि असार २३ गते एमालेमा प्रवेश गर्ने भएका हुन् ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटपछि गुप्ता पार्टी प्रवेश गर्न तयार भएका हुन् । एमालेले उनलाई प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट टिकट दिने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement