एजेन्सी – बलिउडका चर्चित अभिनेता अवय देवगनले निर्देशक एसएस राजामौलीको नयाँ फिल्ममा अभिनय गरेका छन् । राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ को अहिले सुटिङ चलिरहेको छ ।
सिनेमाका लागि उनले मोटो पारिश्रमिक बुझेको चर्चा चलेको थियो । तर हालै सार्वजनिक खवरअनुसार अजयले कुनै पनि रकम लिएका छैनन् ।
रामचरण तेजा र एनटीआर जुनियरको प्रमुख भूमिका रहेको सिनेमामा अजयले उनीहरुकै बराबर पारिश्रमिक लिने बताइएको थियो ।
तर अजयले साथीलाई पैसा नपर्ने भन्दै पारिश्रमिक लिन अस्वीकार गरेका हुन् । अजय र राजामौली विगत ८ वर्षदेखि साथी हुन् । राजामौलीले ‘बाहुबली’, ‘मगधीरा’ तथा ‘मख्खी’ जस्ता चर्चित फिल्म निर्माण गरिसकेका छन् ।




प्रतिक्रिया