पूर्वराजदूत अजय शर्मा दम्पत्ती एमालेमा प्रवेश

पूर्वराजदूत अजय शर्मा दम्पत्ती एमालेमा प्रवेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – रानीतिक विश्लेषक तथा अष्ट्रेलियाका पूर्वराजदूत योगेन्द्र ढकाल (अजय शर्मा) नेकपा एमालेमा प्रवेश गरेका छन् ।

पूर्वराजदूत शर्मा पत्नी अजिता जिसीसहित शुक्रबार पार्टी कार्यालय थापाथलीमा आयोजित कार्यक्रमबाट एमालेमा प्रवेश गरेका हुन् । शर्मा दम्पत्तिलाई अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्दै पार्टीमा प्रवेश गराएका हुन् ।

शर्माले मोहनविक्रम सिंह, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, मोहन वैद्यलगायतका नेताहरुसँग राजनीति गरेका थिए ।अष्ट्रेलियाका लागि राजदूतसमेत बनिसकेका शर्माका दर्जनौं मार्क्सवादी दर्शन सम्बन्धि पुस्तकहरु प्रकाशित छन् ।

राजदूत माओवादी कोटाबाट भए पनि उनी पुनः मसालमै फर्किएर बुद्धिजीबि संगठनका महासचिव रहेका थिए ।