म स्वतन्त्र सांसद हुँ, एमालेको ह्वीप लाग्दैन : मन्त्री शाही

म स्वतन्त्र सांसद हुँ, एमालेको ह्वीप लाग्दैन : मन्त्री शाही

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – लुम्बिनी प्रदेश सरकारका मन्त्री अजय शाहीले आफुलाई एमालेको ह्वीप नलाग्ने बताएका छन् ।

नेकपा एमाले प्रदेश कमिटीले स्पष्टीकरण सोधेर कारवाही प्रक्रिया अघि बढाएपछि शाहीले विज्ञप्ति जारी गर्दै आफु स्वतन्त्र सांसद भएको भन्दै एमालेको ह्वीप नलाग्ने बताएका हुन् । उनले भनेका छन्, ‘मैले नेकपा (एमाले) पार्टीको सदस्यता लिएको छैन । तसर्थः मलाई राजनैतिक पार्टीको व्हीप लाग्दैन ।’

उनी सूर्य चुनाव चिन्हबाट निर्वाचित नवलपरासीका सांसद हुन् । ‘म नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र १ ‘ख’ बाट स्वतन्त्र रुपमा निर्वाचित प्रदेश सभा सदस्य हुँ । म आवद्ध रहेको स्वतन्त्र राजनीतिक समूह र तत्कालीन नेकपा (एमाले) बीच भएको २ दुई बुँदे सम्झौता सहमती अनुसार मैले सूर्य चुनाव चिन्ह प्रयोग गरेर स्वतन्त्र रुपमै निर्वाचनमा होमिएर निर्वाचित भएको सबैमा जानकारी गराउँदछु,’ उनले अगाडी भनेका छन् ।

एमालेले बहिष्कार गरेको प्रदेशसभाको विशेष अधिवेशनमा उपस्थित शाही ४ दलीय गठबन्धनको सरकारमा विनाविभागीय मन्त्री बनेका छन् ।