माछा मार्ने क्रममा भेटियो दुर्लभ अजिङ्गर

माछा मार्ने क्रममा भेटियो दुर्लभ अजिङ्गर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–३ स्थित गिदखोरामा एक दुर्लभ अजिङ्गर फेला परेको छ । खाडलमा माछा मार्ने क्रममा स्थानीयवासीले सात फिट लामो, १० किलो तौल भएको अजिङ्गर फेला पारेका हुन् ।

फेला पारेपछि त्यसलाई नियन्त्रणमा लिई भारदहस्थित इलाका प्रहरी कार्यालयमा बुझाएका थिए । उक्त अजिङ्गर रुपनगरस्थित इलाका वन कार्यालयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मनोजकुमार यादवले बताए ।

वन कार्यालयले पनि कोशीटप्पु वन्यजन्तु आरक्षलाई उक्त अजिङ्गर बुझाउने जनाइएको छ । रासस