काठमाण्डु– महाराष्ट्रका उपमुख्यमन्त्री तथा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का अध्यक्ष अजित पवार चढेको विमान दुर्घटनाग्रस्त भएको छ ।
बुधबार बिहान मुम्बईबाट महाराष्ट्रको बारामती जाँदै गरेको उक्त चार्टर्ड विमान बिहान करिब ८ः४५ बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परेर महाराष्ट्रका उपमुख्यमन्त्री पवारको मृत्यु भएको छ।
उक्त दुर्घटनामा विमानका दुई पाइलट र अजित पवारका दुई जना सुरक्षा कर्मचारीको पनि ज्यान गएको समाचार संस्था इन्डिया टुडेले लेखेको छ।
मुम्बईबाट चार्टर गरिएको उक्त विमान बारामती विमानस्थलमा आपतकालीन अवतरण गर्न खोज्दै गर्दा दुर्घटना भएको थियो।
अजित पवार जिल्ला परिषद् (जिल्ला परिषद्) निर्वाचनका लागि आयोजना गरिएको एक सार्वजनिक सभामा सहभागी हुन बारामती जाँदै थिए ।
समाचार एजेन्सी एएनआईले सार्वजनिक गरेको भिडियोमा घटनास्थल वरिपरि अत्यधिक धुवाँ र आगो देखिन्छ। उक्त विमान आपतकालीन अवतरण गर्न बारामती विमानस्थलतर्फ प्रयास गरिरहेको बेला खेतमा खसेर दुर्घटनाग्रस्त भएको थियो।




प्रतिक्रिया