अखिल क्रान्तिकारी लुम्बिनी व्युरो इञ्चार्जसहित तीन पक्राउ

अखिल क्रान्तिकारी लुम्बिनी व्युरो इञ्चार्जसहित तीन पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी – नवलपरासीको सुनवलबाट प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वका ३ जना विद्यार्थी नेतालाई पक्राउ गरेको छ ।

अखिल क्रान्तिकारीका लुम्बिनी ब्युरो इञ्चार्ज विरेन्द्र विक, अखिल क्रान्तिकारीका पश्चिम नवलपरासीका जिल्ला संयोजक शारदा भण्डारी र अर्घाखाँची जिल्ला सदस्य एवम् नवलपुरका पूर्व्विद्यार्थी संयोजक नयनसिंह खड्का ‘नवीन’ पक्राउ परेका हुन् । उनीहरुलाई सुनवलको रमवापुरबाट शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

शारदा भण्डारीलाई प्रहरीले यसअघि पनि पक्राउ गरेको थियो । उनी अदालतको आदेशमा रिहा भएकी थिइन् । पहिलो पटक नवलपरासीबाट ४० हजार धरौटी तिरेर रिहा भए पनि प्रहरीले भण्डारीलाई पुनः पक्राउ गरेको थियो । त्यसपछि सर्वोच्चको आदेशमा ७१ दिनपछि भण्डारी रिहा भएकी थिइन् ।