काठमाण्डु- बंगलादेशले भारतको नयाँ संसद भवनमा राखिएको ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेश मन्त्रालयसँग स्पष्टीकरण माग्ने भएको छ । बंगलादेशका विदेश मामिला राज्यमन्त्री शहरियार आलमले ढाकामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उक्त नक्साको विषयमा भारतसँग स्पष्टीकरण माग्ने बताएका हुन् ।
प्राचीन भारतको साम्राज्य पूर्वदेखि पश्चिम फैलिएको देखिएको उक्त नक्सामा नेपाल र पाकिस्तानमा समेत विरोध भइरहेको उनको भनाइ छ । गत २८ मेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको उद्घाटन गरेका थिएँ, जहाँ राखिएको मुरल नक्सामा नेपाल र बंगलादेशका भु भागसमेत समेटिएको छ ।




प्रतिक्रिया