प्रहरीलाई घुसदिन खोजेको आरोपमा होटल सञ्चालिकाविरुद्ध विशेष अदालतमा मुद्धा

प्रहरीलाई घुसदिन खोजेको आरोपमा होटल सञ्चालिकाविरुद्ध विशेष अदालतमा मुद्धा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको टोखा नगरपालिका-५ मा रहेको आगमन फुडल्यान्ड एण्ड गेष्ट हाउसकी सञ्चालिका सोममाया राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा छापा मार्न पुगेको प्रहरीको टोलीलाई नै ५० हजार घुस दिएको आरोपमा उनीविरुद्ध शुक्रबार मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै सिन्धुलीको साविक जलकन्या गाविसका तत्कालिन सचिव विष्णुप्रसाद भण्डारीविरुद्ध पनि अख्तियारले मुद्धा दायर गरेको छ । भण्डारीले आव ०७०-०७१ मा तत्कालीन प्राविधिक सहायक (हाल कमलामाई नगरपालिका, ३ नं. वडा कार्यालयका वडा सचिव) वीरेन्द्र कुमार देवकोटाको नाममा तीन महिनाको तलबभत्ता बढी भुक्तानी भएको देखाई ५८ हजार ३ सय २९ रुपैयाँ हिनामिना गरेको पाइएकोले उनी विरुद्ध भ्रष्टचारको मुद्धा दायर गरिएको उनले बताए ।