आठ हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

आठ हजार घुससहित मालपोतका दुई कर्मचारी पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय टीकापुर कैलालीका दुई जना कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ । नायव सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डेलाई ८ हजार घुससहित अख्तियारले रंगेहात पक्राउ गरेको हो ।

लम्की चुहा नगरपालिका र जानकी गाँउपालिकास्थित जमिनको हराएको लालपूर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलीपि बनाउनका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग घुसबापत लिएको ८ हजार रूपैयाँ नगदसहित उनीहरु आइतवार पक्राउ परेको अख्तियारले जनाएको छ ।

सेवाग्राहीसँग घुस माग गरेको गोप्य सूचनाका आधारमा कञ्चनपुर कार्यालयबाट खटिएको अख्तियार टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूमाथि थप अनुसन्धान चलिरहेको अख्तियारले जनाएको छ ।