अख्तियार टोलीद्वारा विजयनाथ चौबे घुससहित पक्राउ

अख्तियार टोलीद्वारा विजयनाथ चौबे घुससहित पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तौलिहवा – कपिलवस्तुको यशोधरा गाउँपालिका–३ स्थित श्रीकृष्ण धार्मिक माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य विजयनाथ चौबे एक लाख घुससहित आज पक्राउ परेका छन् ।

विद्यालयले आह्वान गरेको शिक्षक पदमा जागिर लगाइदिने शर्तमा सेवाग्राहीबाट सो रकम बुझ्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पक्राउ गरेको हो ।

सदरमुकाम तौलिहवास्थित रेसुङ्गा होटलबाट समिति सदस्य चौबेलाई नगदसहित पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्यालले बताए ।

पक्राउ गरिएका चौबेउपर थप अनुसन्धानका लागि आयोगको कार्यालय बुटवल लगिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।