काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले ढकाल सचिवालयमा कार्यरत रहँदा २४ लाख रुपैयाँ भन्दा बढी हिनामिना गरेको जनाएको छ । ढकालले न्याय परिषद सचिवालयमा कार्यरत रहँदा २४ लाख ४६ हजार दुई सय १२ रूपैयाँ ६० पैसा बराबरको रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी हिनामिना गरेको प्रवक्ता रामेश्वर दंगालले बताए।
ढकाल हाल खनियावास गाँउपालिकाको कार्यालय, दार्खा, धादिङ्गमा कार्यरत रहेका छन्। सरकारी रकम दुरुपयोग गरी निजी प्रयोगमा लगाएको भन्दै अख्तियारले ढकाललाई भ्रष्टाचार निवारण ऐन अनुसार बिगो र जरिवाना गर्न माग गरेको छ।




प्रतिक्रिया