सात हजार घुससहित प्रहरी हवल्दार पक्राउ

सात हजार घुससहित प्रहरी हवल्दार पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

परासी – सात हजार घुस रकमसहित सशस्त्र प्रहरीका एक हवल्दार नवलपरासीबाट पक्राउ परेका छन् । फक्राउ पर्नेमा हवल्दार ज्ञानेन्द्र मौर्या रहेको प्रहरीले जनाएको छ । मौर्य सशस्त्र प्रहरी बेस क्याम्प सेमरीमा घुमुवाको रूपमा काम गर्दै आएका थिए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले ७ हजार घुस रकमसहित मौयैलाई पक्राउ गरेको हो ।

एक व्यपारीसँग अवैध रूपमा ७ हजार घुस लिदै गर्दा उनी रंगे हात पक्राउ परेको अख्तियारले जनाएको छ । व्यापारीको सरसमान सहज रुपमा गन्तव्य पुर्याउन सहयोग गर्ने भनी मौर्याले व्यपारीसँग घुस रकम मागेर हैरान गरेपछि अख्तियारमा उजुरी परेको थियो ।