अख्तियारमा उजुरीका चाङ, छ महिनामा १५ हजारभन्दा बढी उजुरी

अख्तियारमा उजुरीका चाङ, छ महिनामा १५ हजारभन्दा बढी उजुरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय अख्तियारको सक्रियता बढेसँगै उजुरीको चाङ लागेको छ। यो वर्षको छ महिनामा १५ हजार १९५ उजुरी आयोगमा दर्ता भए। यो संख्या अघिल्लो वर्षभन्दा उल्लेख्य बढी हो।

अघिल्लो वर्षभरि १९ हजार ४८८ उजुरी परेको थिए। अख्तियारले भ्रष्टाचार मुद्दा अदालतमा लैजाने क्रम बढाएको छ। विशेष अदालतसमक्ष छ महिनामा १६१ मुद्दा दर्ता गरेको छ, अघिल्लो वर्षभरि १९४ मुद्दा दर्ता भएको छ।

भ्रष्टाचार र अनियमितताले गाँजेको मुलुकमा अख्तियार तात्दा उजुरी ह्वात्तै बढ्ने गालेको छ। अख्तियारले छ महिनामा मात्रै तीन अर्ब बढीको बिगो मागसहितको मुद्दा दायर गरेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।