केयुको भिसि रजिष्टार कार्यालयमा तालाबन्दी

केयुको भिसि रजिष्टार कार्यालयमा तालाबन्दी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं विश्वविद्यालयमा अनिश्चितकालिन ताला लागेको छ । अखिल (क्रान्तिकारी)ले केयुको भिसि रजिष्टारको कार्यकक्षमा तालाबन्दी गरेको हो ।

प्रशासनले विज्ञप्ति च्यातेको र विद्यार्थीका मागपत्रलाई वेवास्ता गर्दै छलफलमा नबोलाएको भन्दै क्रान्तिकारीका विद्यार्थीहरुले तालाबन्दी गरेका हुन् । पछिल्लो समय विद्यार्थी संगठनका पत्र र विज्ञप्तिहरु प्रशासनले च्यात्दै आइरहेको अखिल (क्रान्तिकारी)ले गुनासो गरेको छ ।

विद्यार्थी संगठनले क्याम्पस प्रशासनले विद्यार्थीबाट उठाएको शुल्कबाट अनावश्यक भौतिक संरचना खडा गरेको आरोप लगाएको छ ।

क्याम्पस प्रशासनले विद्यार्थीका लागि अति नै उपयोगी पुस्तकालय, ल्याब लागयतका क्षेत्रमा खर्च नगरेको भन्दै आपत्ति जनाएको छ । क्याम्पसले विद्यार्थीबाट उठाएको शुल्क बगैंचा सिँगार्ने काममा खर्च गरेर शुल्कको दुरुपयोग गरेको संगठनको आरोप छ ।