अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्वक चयनका लागि मतदान सुरू भएको छ ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी २३औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु गरिएको हो । सहमतिको प्रयास असफल हुन नसकेपछि बिहीबार अपरान्हबाट मतदान सुरु गरिएको हो ।

एमालेनिकट अनेरास्ववियुलाई सहमतिमा नेतृत्व चयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा भनेका थिए ।

तर, सहमतिमा नेतृत्व चयन हुन नसकेपछि मतदानको प्रक्रियामा गएको हो । मतदान प्रक्रियामा विद्युतीय मेसिन प्रयोग गरिएको छ ।

अध्यक्षमा चारजनाको उम्मेदवारी परेको छ । भावी नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला र मोती विक तथा महासचिव समिक बडाल चुनावी मैदानमा छन् ।